नरेश राना/कञ्चनपुर, ०८ जेठ । कञ्चनपुरका आरक्षपीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), परराष्ट्रमन्त्री एनपी साउद, प्रतिनिधी सभा सदस्य रमेश लेखक तारालामा तामाङ्ग सहितसग सिहदरबारमै भेटघाट गरेका छन ।
आरक्षपीडितले संकटकालको मौका छोपेर विस्थापित गरेको दुई दशक बढि समय वितिसक्दा पनि अहिलेसम्म पुर्नस्थापना नभएको भन्दै न्यायिक पुर्नस्थापनाको माग अघि सारेर प्रधानमन्त्री प्रचण्ड सहितका जिल्लाबाट निर्वाचित संसदमन्त्रीलाई भेटेका छन । आइतबार पीडितले प्रधानमन्त्री प्रचण्डलाई सिहदरबारमै भेटघाट गरेका छन । निर्वाचनका बेला चुनावी एजेण्डा समेत अघि सारेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव सुप प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले पीडितलाई सिधै प्रधानमन्त्री प्रचण्डसंग भेटघाट गराएका छन ।
माओवादी नेता एव प्रदेश सभा सदस्य सरलले पीडितको समस्या बारे प्रधानमन्त्री प्रचण्डलाई बिफ्रिङ्ग गर्दै उनीहरुको पुर्नस्थापनाको विकल्प नभएकाले संघीय सरकारले विशेष योजना ल्याएरै भएपनि पुर्नस्थापना गर्न माग अघि सारेका छन । सरलले कञ्चनपुरका सबै आरक्षपीडितको न्यायिक पुर्नस्थापनाका लागि सघीय सरकारले अग्रसरता देखाउनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन । प्रदेश सभा सदस्य सरलले पीडितको न्यायिक पुर्नस्थापनाका लागि पालिका, प्रदेश र संघीय तीनै सरकारको ध्यानाकर्षण गराउनेदेखि योजना ल्याउन भूमिका निर्वाह गर्नुपर्ने बताएका छन । पीडितले समेत प्रदेश सभा सदस्य सरलले आफुहरुको समस्या समाधानका लागि गरेको पहल सरानिय भएको बताएका छन । आरक्षपीडितसंगको भेटमा प्रधानमन्त्री प्रचण्डले पीडितको समस्या सम्बोधनका लागि आवश्यक पहल गर्ने बताएका छन । आरक्षपीडितका अगुवा एव नेपाली काँग्रेस कञ्चनपुरका नेता सिरोमणी कुमार ओझा(सुर्य)ले पीडितको घरबास प्रबन्धका लागि प्रधानमन्त्री प्रचण्ड सहितका परराष्ट्रमन्त्री एनपी साउद सहितका संसदमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाईएको बताए । आरक्षपीडितले आगामी बर्षको सरकारको नीति, कार्यक्तम तथा बजेटमा पुर्नस्थापनाको एजेण्डा पारित गर्नुपर्नेमा जोडदिएका छन । तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनस्र्थापना भएको छैन । राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन् ।
सचिव प्रेमदत्त भट्टकाअनुसार उनीहरुले समस्या समाधानका लागि सदनमा आवाज उठाउने र सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन । सांसद लेखकले एक दुई दिनमा वनमन्त्री पनि नियुक्त हुन लागेको भन्दै समस्या समाधान गरेर जानुबाहेक अरु विकल्प नभएको बताए ।
कञ्चनपुरका सबै सांसद मिलेर यो विषयलाई निष्कर्षमा पु¥याउन आफू तयार रहेको उनको भनाइ थियो । ‘तपाईको पीडा थाहा छ । समाधान गर्न कोसिस गर्छौं । एक दुई दिनमा मन्त्री बन्छ । त्यसपछि हामी तीनै जना सांसद तपाईहरुसहित मन्त्रीसँग बसेर कुरा गरौला,’ उनले भने । तामाङले पनि यो विषयलाई सदनमा जोडदाररुपमा उठाउने बताए । पीडितहरुले माओवादी सांसद माधव सापकोटासँग भेट गरेका छन । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराएर समस्या समाधानको लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका सचिव भट्टले जानकारी दिए । पीडितहरुले अब आयोग बनाउनेभन्दा पनि समस्या समाधान गरेर सदाका लागि टुंग्याउन माग गरेका छन ।सुृरेन्द्र बम आयोगले पीडितको पुर्नस्थापनाका लागि प्रति परिवार १० कट्टा जमिन वा जमिन दिन नसके ६०लाख मुआब्जा प्रस्ताव ल्याएका थिए । जस अनुरुप शुक्लाफाँटा र कृष्णपुर नगरपालिका उत्तर भेगमा जमिन समेत एकिन गरेका थिए, तर कार्यान्वयनमा ढिलाई हुँदा आरक्षपीडितको पुर्नस्थापना नहुँदा उनीहरु जोखिमपूर्ण जिवन जिउँन बाध्य भएका छन ।






