निबा राना/धनगढी, बैशाख २५ । सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा बसोबास गर्न रानाथारु जनजातिले संग्रहालय सहित समसामयिक महत्वपुर्ण तीन वटा निम्न बमोजिमका विषेश मागहरु राखी धनगढी उप-महानगपालिकालाई ज्ञापन पत्र बुझाएकाे छ ।

नेपाल रानाथारु समाज, केन्द्रीय कार्य समिति द्वारा रानाथारु संग्रहालय सहित समसामयिक महत्वपुर्ण तीन वटा निम्न बमोजिमका विषेश मागहरु राखी धनगढी उप-महानगपालिकाका प्रमुख र उपप्रमुखलाइ निबेदन सहित ज्ञापन पत्र बुझाएकाे छ ।

मागहरु यस प्रकार छन :
१. मिति २०७८।११।२४ गतेको नेपाल रानाथारु समाज, केन्द्रिय कार्य समितिको बैठकको निर्णय बमोजिम धनगढी उपमहानगरपालिका वार्ड नं १३ राजपुर स्थित सार्बजनिक जग्गा सहितको रानाथारु संग्रहालयलाई यस संस्थाको नाममा हाल निर्माणाधिन संग्रहालयको निर्माण कार्य पुर्णता दिनका साथै तत्काल रानाथारु संग्रहालयले ओगटेको जग्गा यस संस्थाको स्वामित्व हुने गरी नाप नक्सा गरिदिन पर्ने ।
२.रानाथारुको परम्परागत भलमन्सा पधना प्रथालाई परिमार्जित, मर्यादित र सुदृढ बनाउन सेवा सुबिधा र न्यायिक हक अधिकार सहितको भलमन्सा कार्यबिधिको निर्माण, लागु र कार्यान्वयन गरिनु पर्ने।
३. धनगढी उप-महानगरपालिका भारतको सिमा सँग जोडिएको र हाल लागु औषधको बिगबिगीले खास गरी रानाथारु समुदायका युवाहरु बढी प्रभावित, कुलतमा फसिरहेको पाइएको हुँदा रानाथारु समाज सहित युवा सन्ततीको भविष्यलाई मध्यनजर गर्दै विषेश पहलका लगि अनुराेध गरेका छन्न।