नरेश राना/कञ्चनपुर, २२ वैशाख ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा सहकारी लेखन तालिम सम्पन्न भएको छ।
लालझाडी गाउँपालिकामा ३ दिन सम्म सहकारी लेखन तालिम सम्पन्न भएको जिन्सी शाखा तिलक सिंह खत्री ले जानकारी दिनुभएको थियो। लालझाडी गाउँपालिकाको अध्यक्ष निर्मल रानाले उद्दघाटन गरिएको तालिम तीन दिन सम्म सञ्चालन भएको तालिम शुक्रबार सम्पन्न भएको छ।
तालिममा वरिष्ठ उद्यम विकास सहजकर्ता नरेश सिंह भट्टले तालिम दिनु भएको थियो। उक्त तालिममा सहभागीलाई सहकारी लेखन तथा प्रतिवेदनको बारेमा तालिम दिनु भएको थियो। तालिममा लालझाडीका सम्पूर्ण सहकारीका प्रतिनिधिहरुले तालिम लिई सहकारी संस्थाको आर्थिक, बचत, योजना को सहतापूर्वक कागजातहरु प्रस्ट होस भनि सहभागीहरु खुशी व्यक्त गरेका छन्।
तालिमलाई जिन्सी शाखाका तिलक सिंह खत्रीले विभिन्न विषयमा छलफल गराई सहजीकरण गर्नु भएको थियो।







