नरेश राना/कञ्चनपुर, १८ बैशाख । कञ्चनपुरको महेन्द्रनगर, गड्डाचौकी र दोधराचांदनीमा विधुत लाईन अवरुद्ध भएको छ । लालपुर सवस्टेशनमा ३३ के.भि. लाईनको ब्रेकरमा समस्या आएको र अहिले उसको मर्मत सम्भार भईरहेको महेन्द्रनगर वितरण केन्द्र कंचनपुरका प्रमुख चिटुनकुमार श्रिवास्तवले बताएका छन् ।
साथै झलारी कलुवापुर सवस्टेशनमा पनि समस्या आएकोले कलुवापुरवाट आपुर्ति हुने विधुत अवरुद्ध भएको उनले बताए । अहिले अत्तरिया ग्रिडबाट पनि मर्मतका लागि जनशक्ती आएर मर्मत भईरहेको र वर्षातले गर्दा मर्मतमा समस्या भईरहेको उनले बताए ।
बिधुत संचालनमा आउन कति समय लाग्छ भनेर भन्न नसकिने उनले बताए । ‘अहिले मर्मत भईरहेको छ, हामी मर्मत मै लागेका छौ, अब कति समय लाग्छ त्यो भन्न सकिँदैन’ उनले भने,






