शुक्रराज राना/बेलौरी, बैशाख १७ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ नकैया नाला नजिकबाट अवैध लागू औषध ५६ मिलिग्राम खैरो हेरोइन सहित कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलनचोक बस्ने २० वर्षीया सन्ध्या चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी चौधरीलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






