कैलाली, १७ बैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा रुखमा झुण्डिएको अवस्थामा मानव कंकाल भेटिएको छ।

कालिका सामुदायिक वनमा आइतबार कंकाल भेटिएको प्रहरीले जनाएको छ।

कंकाल धेरै पुरानो भएकाले पहिचान गर्न समस्या भएको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए। घटनास्थल नजिक चप्पल र टोपी भेटिएको छ।