नरेश राना/कञ्चनपुर, १२ बैशाख । कञ्चनपुरको बेलडाँडीका एक जना पुरुष व्यक्ति कैलालीको अत्तरियामा रहेको न्यु सत्कार होटेलमा मृत फेला परेका छन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ झिलमिलाबस्ती घर भई दार्चुलामा शिक्षण पेसामा रहेका ४० वर्षीय मोहन सिंह डडाल अत्तरियाको पहाड रोडमा रहेको न्यु सत्कार होटेल एण्ड लजमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
यही बैशाख १० गते राति बास बस्न होटेलमा पुगेका डडाल ११ गते साँझ कोठाभित्रै मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पु¥याइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






