नरेश राना/कञ्चनपुर, ०७ बैशाख ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ मा बिहीबार एक दिने अभमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। पालिका का हरेक वडामा व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम आयोजना गरिएको छ ।
व्यक्तिगत घटना दर्ताको नयाँ एन नेपाल सरकारले २०७४ भदौ महिना को १ गते देखि लागू गरिएको थियो। कार्यक्रम लालझाडी वडा नं ४ का सम्बन्धित विद्यालय र स्वास्थ इकाइलाई विशेष रूपमा सो अभिमुखि कार्यक्रममा सहभागी भएका थिए भने वडा नं. ४ का वडा अध्यक्ष बहादुर रानाले सो सम्बन्धी अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नुको साथै सो वडाका वडा सचिव दुर्गा प्रसाद ढुंगानाले कार्यक्रमलाई संचालन गर्नु भएको थियो ।






