नरेश राना कञ्चनपुर/ चैत्र २८ । कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ मा रहेको स्वतन्त्र माध्यमिक विद्यालयको व्याबस्थपान समितिको अध्यक्षमा हेमराज राना सर्वसम्मत बाट चयन भएका छन्। २०१३ सालमा स्थापितसो विद्यालयमा रानाको बाहुल्यता भएको ठाउँमा रानालाई नै ग्रहयत भएकोले सो विद्यालय मा सधैं जसो रानाले सो विद्यालयलाई व्यवस्थापनको जिम्मा पाएको छ ।

सोमबार सम्पन्न अभिभावक भेला बाट रानालाई सर्वसम्मत बाट अध्यक्ष भएका छन् । विद्यालयको शिक्षा क्षेत्रमा आफू त्यसै विद्यालय बाट अध्ध्यन गरी र सोही विद्यालयमा अध्यक्ष भएको आफू गर्भ भएर विद्यालयको शैक्षिक भौतिक गुणस्तर वृद्धि सुधार गर्ने पहल गर्ने छु रानाले बताए। मलाई यहाँका अभिभावकले विश्वास गरेर अध्यक्ष बनाएका छन् त्यसै गरीमा यस ग्रामीण क्षेत्रका विद्यालयलाई भौतिक सुधार देखि प्रबधिक शिक्षा ल्याउने काम गर्ने छु।