नरेश राना /कञ्चनपुर चैत्र २५ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वार्ड नं ३ को सभा हलमा ग्रामीण विद्युत जिल्ला सहकारी संघ को १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा सभापति ग्रामीण विद्युत जिल्ला सहकारी संघ कैलाली का अध्यक्ष कृष्ण बहादुर खत्री रहनु भएको थियो भने प्रमुख अतिथि बेलौरी नगरपालिकाका उप प्रमुख जोग राज चौधरी रहनु भएको थियो ।

भने विशिष्ठ अथिति लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनु भएको थियो अतिथिमा केन्द्रीय सहकारी संघका उप अध्यक्ष गोविन्द भट्ट, छाता संगठन का माया राम सर्माले विद्युत सम्बन्धी जानकारी गराएका थिए।

कार्यक्रममा बेलौरी क उपाअध्यक्ष जोग राम चौधरीले बेलौरीमा रहेका विद्युत सहकारीहरुलाई आबस्यक परेका विद्युतीय उपकरणहरु सके जति पालिका बाट सहयोग गर्ने बताएका छन् त्यसै गरी प्रमुख विशिष्ठ अथिति ले हामी दुर्गम पालिका भएकाले हाम्रो पालिकामा रहेका सहकारीहरुलाई आउँदो अधिबेशन वाट हुने सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।

मन्तव्यमा अतिथिले विद्युत सम्बन्धी विद्युत धरौटी ,विद्युत उत्पादन,केन्द्रिय संघ हरु को बारेमा छलफल गर्नु भएको थियो। साथै आउँदो ९ गते केन्द्रीय सहकारी संघको साधारण सभा धनकुटामा हुने सहकारी संघ का उपाअध्यक्ष गोविन्द भट्टले जानकारी गराउनु भएको थियो। साथै दक्षिण भेगका DK फिल्डरका सम्पूर्ण पदाधिकारी उपस्थिती भएका थिए।