जुपिटर एकेडेमी नेपाल गौरीगंगा नगरपालिका-६,बनबेहडा,कैलालीको १५ औँ बार्सिकत्सब तथा अभिभावक दिवस बिहीवार बिधालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।
स्कुलका अध्यक्ष खकेन्द्र बुढा ज्यु को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका -६,का वडा अध्यक्ष टेक बहादुर कुँवर रहनु भएको कार्यक्रमका विशिष्ट अतिथि समैजी माबी का पुर्ब प्र.अ.केसबराज बिनाडी रहनु भएको थियो।
अन्य अतिथि हरुमा बिणा ग्रामीण बिधुत सहकारी संस्था सचिब हेमन्त राज जोशी (बाजे ), बिणा बिद्या मन्दिर प्र.अ.दल बोगटी, कैलाली भिजन स्कुल प्र.अ. ध्वज बोगटी,रानिफाँटा सामुदायिक बन अध्यक्ष चक्र बोगटी,बिणा ग्रामीण बिधुत अध्यक्ष पुरन सिं कडायत,अमर मा.बि. शिक्षक नवीन बिस्ट,समाजसेवी कैलास आउजी लगायतकाले सुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

बोल्ने बक्ता हरुले छोटो समयमा अभिभावकको मन जित्न सफल बिधालयको रुपमा अगाडी बढेको भन्दै प्रशंसा गर्नुभयो। बनबेहडा आसपासका क्षेत्रमा निजि,सामुदायिक बिधालयहरु भएकै अवस्थामा जुपिटर नेपाल एकेडेमी स्कुल खोलेर ४०० को आसपास बिद्यार्थी संख्या पुर्याउनु चानचुने कुरा नभएको बताउनु भएको थियो।
बिधालयमा बिद्यार्थी पठाएर बिद्यार्थीको बारेमा चासो नराख्ने बिद्यार्थीहरुका अभिभावकले सैक्षिक गुणस्तरमा केही ह्रास आएको कार्यक्रमका अतिथि सचिब हेमन्त बाजे ले बताउन्दै अभिभावक हरुले आफ्ना बालबालिकाहरु लाई विशेष ध्यान दिन आवस्यक रहेको बताउनु भयो।
हाल सो बिधालयमा करिब ४०० बिद्यार्थी,१६ जना शिक्षक,१ बस,१ चालक १ कार्यालय सहयोगी रहेको बिधालयको आफ्नै पक्की भवन रहेको छ। साथै आगामी सैक्षिक सत्र देखि कक्षा ९ को पठनपाठन संचालन गर्ने तयारी गरेको बिधालयका प्र.अ.मनिराम धामीले जानकारी गराउनु भएको थियो।
सो कार्यक्रममा बिधालय द्वारा आयोजित विभिन्न बिद्या हाजिरीजवाफ,दौड,कबडी, खेलमा उत्कृष्ट छात्र-छात्रा हरु लाई पुरस्कार, ट्रफी र प्रमाणपत्र बितरण गरिएको थियो।
बिधालयकि शिक्षिका दुर्गा ओझा जोशी ले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको संचालन शिक्षक रमेश भुजेलले गर्नु भएको थियो।