कञ्चनपुर, २० चैत । नागरिक उन्मुक्ति पाटी कञ्चनपुरको अध्यक्षमा पुन नन्द कुमार राना चयन भएका छन । सोमबार बेलौरीमा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनबाट पुन राना नै अध्यक्ष भएका हुन ।

उपाध्यक्ष कल्पना चौधरी, कालुराम चौधरी, सचिव सुगम चौधरी, सह सचिव नविन चौधरी, कोषाध्यक्ष सुन्दरी चौधरी रहेका छन । सदस्यमा अर्जुन चौधरी, खेमराज बडू, मान ब. कुँवर, राजेन्द्र चन्द, पल्टु राना, मनोहर राना, बीर ब. चौधरी, दिल ब. चौधरी, मानबिर चौधरी, लाल ब. चौधरी, डम्बर चौधरी सहित ४१ सदस्य रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि नागरिक उन्मुक्ति पाटीका केन्द्रीय सचिव दामोदर पण्डितले नव चयन भएका कमिटीलाई बधाई तथा शुभकामना दिएका छन । नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरका नव चयन भएका अध्यक्ष नन्द कुमार रानाले पार्टीलाई अघि बढाईने बताए । नागरिक उन्मुक्ति पाटी कञ्चनपुरका बाँकी सदस्य तपशिल अनुरुप रहेका छन । रेडियाे वेलाैरी बाट लिएकाे छ ।