नरेश राना/कञ्चनपुर, ०४ चैत । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.७ स्थित कलुवापुर गाउँमा कृष्णपुर नगरपालिकाको आयोजनामा नगर स्तरीय चराई मिलन सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा , विशिष्ट अतिथी पुर्व सु.प. प्रदेश सभा सदस्य मा. श्यामलाल राना , कृष्णपुर नगरपालिका नगर उप-प्रमुख द्रोपती राना , १ देखि ९ सम्मका वडा अध्यक्ष ,वडा सदस्य , कार्यपालिका सदस्य , भलमन्सा ,तथा नगरबासीको उपस्थितिमा र नगर स्तरीय चराई मिलन सांस्कृतिक कार्यक्रमका संयोजक वडा नं ७ का वडा अध्यक्ष घुम्मन रानाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रानाथारु कलाकारहरु पनि उपस्थित रहेको थियो ।
कार्यक्रममा कृष्णपुर नगरपालिकाका १-९ नं वडा सम्मका होरी रहेको थियो ।
कार्यक्रममा होरी गित संग्रहका लेखक गुलावी रानालाई सम्मान गरिएको थियो ।
कार्यक्रम संचालन अनु राना र सुरज रानाले गरेका थिए ।






