नरेश राना/कञ्चनपुर, ०२ चैत ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आयोजनामा चैत ४ गते चराई मिलन कार्यक्रम हुने भएको छ ।
कृष्णपुर नगरपालिका ७ स्थित राष्ट्रिय मा.वि. बिद्यालय कलुवापुरको प्राङ्गणमा कार्यक्रम हुने भनेर नगरपालिकाकी उप मेयर द्रोपती रानाले बताएकी छिन ।
कार्यक्रममा मुख्य आकर्षक राना थारू राष्ट्रिय कलाकारको समेत विशेष प्रस्तुति रहने जनाईएको छ । उक्त चराई मिलन कार्यक्रममा राना थारू संस्कृति झल्किने खालका पहिरन सहित राना थारू राष्ट्रिय स्थानीय कलाकारले बेजोड प्रस्तुति समेत रहने छ । कृष्णपुरमा रहेका रानाथारुको सबै गाउँका होरी नाच रहेने बताइएको छ ।






