नरेश राना/कञ्चनपुर, ०१ चैत । राना थारू समुदायको महत्त्वपूर्ण संस्कृति चराई महोत्सव तथा होलि विदाई कार्यक्रम हुने भएको छ । आगामि चैत ४ गते पुनर्वास नगरपालिका ५ स्थित ६५ बिघाह खुला मैदानमा उक्त कार्यक्रमको आयोजना गरिने पुनर्वास नगरपालिकाकी उप मेयर भुलिया कुमारी रानाले जानकारी दिनुभएको हो ।
पुनर्वास नगरपालिकाको आयोजनामा उक्त चराई महोत्सव हुने नगर उप प्रमुख रानाले नगरपालिकामा आयोजित एक कार्यक्रम बिच जानकारी दिनुभएको हो । कार्यक्रममा मुख्य आकर्षक राना थारू राष्ट्रिय कलाकारको समेत विशेष प्रस्तुति रहने जनाईएको छ। एकदिने हुने भनिएको उक्त चराई महोत्सवमा राना थारू संस्कृति झल्किने खालका पहिरन सहित राना थारू राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रस्तुति समेत रहने जनाईएको छ ।






