नरेश राना/कञ्चनपुर, फागुन ३० ।
कञ्चनपुर को लालझाडी गाउँपालिकामा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था शाखाले आफ्ना समूह सदस्य लाई २ दिने अचार बनाउने तालिम सम्पन्न गरेको हो।

तालिममा सभापति जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाक शाखा प्रमुख विनोद सिंह भाट रहनु भएको थियो भने प्रमुख अथिति लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ठ अथिति प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भट्ट रहनु भएको थियो। तालिममा ३५ जनाको सदस्य समूह सहभागी रहेको थियो । यस्तै पालिका अध्यक्षले यस संस्थाले गर्ने काममा मेरो पूर्ण समर्थन रहने छ र संस्था गरेको काम देखेर खुशी व्यक्त गर्दै धन्यबाद दिनु भएको छ।

त्यस्तै जुनसुकै सदस्य समूहले व्यवसाय गर्यो भने पालिका बाट पूर्ण सहयोग हुनेछ भने प्रतिबद्धता गर्नु भएको थियो।यस संस्था ले विकत दिनमा विभिन्न तालिम हरु दिईसकेको शाखा प्रमुख भाटले जानकारी दिनुभएको छ। सो तालीमका प्रशिक्षक लोकेन्द्र प्रसाद जैशीले दिनुभएको थियो। यस संस्थाले १९ जिल्लामा ३९ शाखा स्थापना गरी सेवा दिरहेको शाखा प्रमुख विनोद भाट ले बताउनु भयो।