धनगढी,२८ फागुन ।
शुदुरपश्चिम प्रदेश सरकारले रानाथारु सामुदायले मनाउदै आइरहेको मुख्य पर्व होलीको अन्तिम दिन खख्डेहरा पर्वको उपलक्ष्यमा २०७९ फागुन ३० गते विदा दिने भएको छ ।
आज बसेको मन्त्रीपरिषदको वैठकले उक्त विदा दिने निर्णय गरेको हो । प्रदेश राजपत्रमा प्रकासित २०७९ सालको विदा सम्बन्धी सुचना अनुसार खख्डेहरा पर्वको विदा चैत्र १ गते कायम गरिएकोले उक्त मिति संशोधनग गरी चैत १ गतेको सट्टा फागुन ३० गते कैलाली र कञ्चनपुरमा खख्डेहरा पर्वको विदा दिने निर्णय प्रदेश सरकार मन्त्रीपरिषदले गरेको छ ।
रानाथारु सामुदायले होली पर्व ३८ दिन सम्म मनाउने गर्दछन । माघ पुर्णिमाबाट शुरु भएर फागु पुर्णिमा ३० दिन र फागु पुर्णिमा बाट दिउसो ८ दिन सम्मा होली खेलेर मनाउने गर्दन ।







