कैलाली, २४ फागुन । ११३ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पत्रकार उन्नती चौधरी सहित नौ जना महिलाहरु सम्मानित भएका छन् । धनगढीको सौराई स्क्वायरले सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न क्षेत्रका ९ जना महिलालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा निर्मला बागचन्द, सरिता कठायत, गोबिन्दी भट्ट, उन्नति चौधरी ,भारती कुवर, सुल्जित कौर, गिता आले, रमा चन्द र रुपा राइ रहेका छन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला रानाले अबको बिकास मानविय बिकास रहेको बताउँदै धनगढी नगरपालिकाले पनि अगामी दिनमा मानविय विकासका कार्यक्रमलाई प्राथमिकता दिने बताईन् । उनले मानविय बिकास भए मात्रै सबैको सम्मान हुने तर्क दिईन् ।

सौराई स्क्वायरले आयोजना गरेको सम्मान कार्यक्रमले महिलाहरुमा काम गर्ने हौसला प्रर्दान भएको बिश्वास ब्यक्त अगामी दिन सहकार्य र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

सम्मानित भएकाहरुको तर्फबाट पत्रकार उन्नती चौधरीले आयोजक टिमलाई धन्यवाद ज्ञापन गरिन् । उनले भनिन् यो सम्मान देखिदा सामान्य देखिएपनि यसले मान्छेलाई थप जिम्मेवार बनाएको बताईन् । आफुले गरेका कामको मुल्याकंन गर्दै सौराई स्क्वायरले सम्मान गरेकोमा धन्यवाद दिदै उनले आफ्नो कर्ममा थप सशक्त भएर लाग्ने प्रतिवद्धा व्यक्त गरिन् ।

सौराई स्क्वायरका प्रबन्ध निर्देशक उमेश बिक्रम शाहको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएके थियो ।