कैलाली, १७ फागुन । कैलालीको धनगढीमा करेन्ट लागेर एक जनाएको मृत्यु भएको छ । दुई जना घाइते भएर अस्पताल भर्ना छन् ।धनगढी उपमहानगरपालिका–१३ राजपुरका २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका–१ का लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा फलामको पाईप बिजुलीको मेन लाईनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कैलाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।






