नरेश राना/कञ्चनपुर, २४ फागुन । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ कलुवापुरमा आइतबार हाइस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको बा ४ ख  २३०३ नम्बरको हाइस दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका हुन।

हाइस अनियन्त्रित भएर राजमार्गको किनारमा रहेको कल्भर्टमा ठोक्किएको ठोक्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीले जानकारी दिए। 

दुर्घटनामा परेर घाइते हुनेमा चालक बेदकोट नगरपालिका–२ बसन्थलाका मदन सुनार, बेदकोट ४ बगुनका ४९ वर्षीय शंकरदत्त भट्ट, उनकी श्रीमती ३५ वर्षीया नन्दा भट्ट र दार्चुलाको मार्मा गाउँपालिका–१ दहका ५५ वर्षीय हर्क सिंह धामी रहेका छन् । सामान्य घाइते उनीहरुको झलारीमा उपचार भइरहेको छ। 

l