नरेश राना/कञ्चनपुर, फागुन ०९ । कञ्चनपुरकाे बेलाैरीमा गत पाैषमा सम्पन्न टेसर बेलाैरी माघ म्यालाकाे अाय व्यय सार्वजनिक तथा समिक्षा बैठक सम्पन्न भएकाे छ । थाकस बेलाैरीकाे अायाेजनामा सम्पन्न माघ म्यालाकाे मँगलबार अाय व्यय सार्वजनिक भएकाे हाे ।
माघि मेला अबधिभर ४ लाख ४९ हजार ३ सय ८७ रूपैया अाम्दानी र ४ लाख २७ हजार ४ सय ७० रुपैया खर्च भएकाे अायाेजक थारु कल्याणकारीणी सभा बेलाैरीले जनाएको छ । कार्यक्रम बाट २१ हजार ९ सय १७ रुपैया बचत भएकाे थाकस कञ्चनपुरका सचिव रेशम चाैधरीले जानकारी दिनु भयाे ।
बैठकमा थारु कल्याणकारीणी सभा केन्द्रिय सदस्य जिउलाल चौधरीको प्रमुख आतिथि रहनु भएको थियाे । समिक्षा बैठकमा थाकस जिल्ला सल्लाहकार फुलचरण चौधरी ज्यु,थाकस कंचनपुर जिल्ला सचिब रेशम चौधरी , बेलौरी नगर भलमन्सा समिति सचिव तथा वडा न.२ वडा सदस्य बिक्रम चौधरी लगायतको उपस्थिति रहेको थियाे । समिक्षा बैठक थाकस बेलाैरीका अध्यक्ष खड्ग बहादुर चाैधरीकाे सभापतित्वमा भएकाे थियाे । टेसर माघ म्याला गत पाैष २७ गते देखि २९ गते सम्म तीन दिन बेलाैरीकाे खुला मञ्चमा सम्पन्न भएको थियाे ।






