धनगढी,२३ माघ ।
श्री कालिकादेवी मन्दिर र शिअ उसु क्वान धनगढी उपमहानगर पालिका ७ मनेहराको आयोजनामा मिति २०७९ माघ ८ गतेबाट १४ गते सम्म आयोजना भएको कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञ २०७९ भव्य रुपमा सम्पन्न भएको थियो ।
उक्त धार्मिक महायज्ञमा भएको आम्दानी तथा खर्चको विवरण सोमबारको दिन एक कार्यक्रम विच सार्वजनिक गरियो । कार्यक्रम धार्मिक ज्ञानमहायज्ञ मुलआयोजक समितिका संयोजक खगेन्द्र अधिकारको अध्यक्षतामा सार्वजनिक सुनवाई भएको थियो ।
उक्त कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञ भएको कुल आय १६लाख ९५हजार १ सय ७३ रुपैया र कुल खर्च ११ लाख ५५ हजार ७ सय ३७ रुपैया र कुल बचत ५ लाख ३९ हजार ४ सय ३६ बराबरको आम्दनी तथा खर्च विरण उसु सहयक प्रतिक्षक तथा अन्तराष्ट्रिय उसु निर्णयक रतन खातीले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगर पालिकाका वडा नं. ७ का वडा अध्यक्ष मोतिरानाले आयोजक टिम, चन्दादाता सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा गाउँका भद्रभलादमी, गाउका अगुवा तथा वडाका वुद्घिजीवीहरुको उपस्थितीमा सार्वजनिक सुनवाई सम्पन्न भएको थियो