निवा राना, धनगढी,२० माघ ।
कैलाली र कञ्चपुरका भुमिपुत्र मानिने रानाथारुहरुले आज विविध कार्यक्रम गरि तेस्रो पहिचान दिवस मनाएका छन । नेपाल सरकारको मन्त्रिपरिषदले २०७६ माघ २० गते रानाथारु जातिलाई अलग्गै आदिवासीजनजातिमा सुचिकृत गरिएको थियो । कैलाली र कञ्चनपुरमा बस्ने रानाथारुहरुले यस दिनलाई सम्झना स्वरुप पहिचान दिवसको रुपमा मनाउदै अएका छन । पुर्व वन तथा वातावरण मन्त्री माननिय नारदमुनि रानाको पहलमा रानाथारु जातिलाई ६०औ स्थानमा आदिवासी जनजातीको सुचिमा सुचिकृत गराउनु भएका हो ।


नेपाल रानाथारु समाज कैलाली जिल्ला अध्यक्ष लालबहादुर रानाको सभापतित्वमा तेस्रो पहिचान दिवस भव्यताका साथ मनाइयो । कार्यक्रमको प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभासद पुर्व माननिय मालामति राना रहनु भएको थियो । वहाँले सभालाई सम्बोधन गदै भनिन, २०५५ सालमा मेरो बुवा लालबहादुर रानाको अगुवाइमा नेपाल रानाथारु समाजको स्थापन भएको हो र सोहि दिन देखि रानाथारु जातीलाई अलग्गै आदिवासी जनजातीमा सुचिकृत गर्न पहल गर्नुभएको थियो । रानाथारुको सुचिकृत सबै जनाको पहलमा भएको हो र यस पर्वलाई रानाथारु सामुदायले धुमधामका साथ मनाउनु पर्ने हो यसमा कसैले राजनिती गर्नु हुदैन भनिन ।


कार्यक्रमको विश्ष्टि अतिथी धनगढी उपमहानगर पालिकाकी उपप्रमुअ तथा नेपाल रानाथारु समाजकी कोषाध्यक्ष कन्दकला राना रहनु भएको थियो । रानाथारु हरुले सुचिकृत हुदैमा सबै थोक प्राप्त भइसक्यो भन्नु गलत हो अब हामीले थप अधिकारको लागि सबै एकजुट भएर लाग्नु पर्दछ बताई उपप्रमुख रानाले ।


त्यसैगरी नेपाल रानाथारुका केन्द्रिय उपाध्यक्ष कमल सिह रानाले भने सुदुरपश्चिममा थारु÷रानाथारुले १३ प्रतिशत अरक्षण पाएका छन यसको साथै २०७८ सालमा रानाथारुको अलग्गै जनगण भएको थियो जसको फलस्वारुप केन्द्रमा रानाथारु भाषाको पनि सुचिकृत हुने प्रक्रियामा छ भनेर जानकारी दिनुभयो ।


यसैगरी कार्यक्रमको शुभकामनादिनु हुने अतिथीहरुमा संविधान सभासद माननिय प्यारेलाल राना, वडा नं. ७ का वडा अध्यक्ष मोति रानाथारु, १० का वडा अध्यक्ष शिव कुमार राना,१५ का वडा अध्यक्ष सुकदेव राना,१७ का वडा अध्यक्ष माधवराज रानाले दिनु भएको थियो ।
कार्यक्रममा गाउँका भलमन्सा , गाउका अगुवा , बुद्घिजीवि, समासेवीहरुको उपस्थिती रहेको थियो । सथै साँझ ६ बजे क्याम्पसकाे गुरही चाेकमा दिप प्रज्वलन गरी मनाइयाे।