नरेश राना/कञ्चनपुर, ११ माघ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा फेरी जंगली हात्तीको आक्र्रमणबाट एक महिला घाईते भएकी छिन । लालझाडी गाँउपालिका ६ ढक्का शिबिरकी रत्ना सार्कीलाई घाईते बनाएको छ ।
बुधबार दिउँसो ५५ बर्षिया रत्ना सार्कीलाई जंगली हात्तीले घाईते बनाएको हो । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले खर काट्ने क्रममा रत्नालाई हात्तीले आक्र्रमण गरेको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खर पुर्जी खोलेपछि रत्ना घाँस काट्न त्यहाँ गएकी थिईन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र्र बहादुर शाहले हात्तीबाट घाईते महिलाको अवस्था चिन्ता जनक रहेको र उपचारका लागि अस्पतालतिर लगिएको बताए । गत १९ पुषमा शुक्लाफाँटा नगरपालिका १२ कालागौडीको ४४ बर्षिया जित बहादुर भाटमाथि आक्रम्रण गरेको महिना दिन नपुग्दै जंगली हात्तीले रत्नामाथि आक्र्रमण गरेपछि स्थानीय त्रसित भएका छन । कञ्चनपुरमा हरेक महिना जंगली हात्तीले मानिस लगायत भौतिक अन्नबालीमा क्षति गर्न थालेपछि त्यसको रोकथामका लागि सरकारी निकाय उदाशिन रहेका छन ।