निवा राना,धनगढी,१६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
सोही अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० स्थित श्री शहीद होरीलाल प्रतिष्ठानको आयोजनामा वडा नं.१० को आर्थिक सहयोगमा शहीद दिवस कार्यक्रम सम्पन्न भएको छ ।
शहिद दिवस कार्यक्रम होरीलाल प्रतिष्ठानका अध्यक्ष चैताराम रानाको अध्यक्षतामा भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथि धनगढी उपमहानगरपालिका की उप प्रमुख कन्दकला राना रहनु भएको थियो ।
कार्यक्रममा नगर उप प्रमुख रानाले भनिन् “ धनगढी उपमहानगर पालिकामा हामीले शिक्षा र स्वाथ्यमा विशेष जोड दिएका छा,ैं त्यसको लागि हामीले धनगढी उपमहानगरपालिका वडा नं ७ बेली मा रहेको स्वाथ्य चौकीमा क्यान्सरको उपचारको व्यवस्था गरेका छौं यसको संग संगै विरामीलाई ल्याउन र लैजानका लागि बसको पनि व्यवस्था गरेका छौं ।”
कार्यक्रमको विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिव कुमार रहनु भएको थियो भने अतिथि वडा सदस्य राम मिलन राना, कल्लू राम राना, वडा सदस्य वसन्ती राना, रत्ना देवी दमाई, पूर्व वडा अध्यक्ष नेकिराम राना, जेष्ठ नागरिक अध्यक्ष अन्तराम राना, लगायतका बुद्धि जिवी, समाजसेवीको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको थियो । श्री वि. पी. प्राथमिक विद्यालयका शिक्षक सुवास ठकुराठीले कार्यक्रमको स्वागत मन्तव्ये गरेका थिए ।








