धनगढी, माघ १६ । कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका १० दैजीका २७ वर्षीय सुकराम रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बेलौरीबाट चानदेउतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर आइतवार बेलुकी साढे ७ बजे आपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।