नरेश राना/कञ्चनपुर, १२ माघ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वार्ड न १२ मा भोलि देखि प्रथम आईसी फुटबल प्रतियोगिता हुने खेल संयोजक सन्जीत रानाले जानकारी दिनु भएको छ ।
भोलिको खेल प्रतियोगितालाई प्रतिनिधि सभा सदस्य एनपी साउदले उद्दघाटन गर्ने आयोजक समितिले बताउनु भएको छ। खेललाई ईटहा सामुदायीक वन उपभोक्ता समूहको मुख्य प्रायोजन आयोजना गरिएको छ भने सहा प्रायोजन ईटहा विपत व्यवस्थापन समिति रहेको खेललाई दोदा वनहरा बढी पीडित सँगर्ष समितिको आयोजकमा खेल सञ्चालन हुने जनाइएको छ।







