नरेश राना/कञ्चनपुर, ०६ माघ । कञ्चनपुरका पाँच पालिकामा खेलकुद विकास समिति विस्तार गरिएको छ ।

बेलडाँडी, बेलौरी, लालझाडी, कृष्णपुर र भीमदत्त पालिकाले खेलकुद विकास समिति विस्तार गरेका हुन । पालिकाबाट जिल्ला खेलकुद समितिमा अनुमोदनका लागि नामावली सिफारिस भएपछि जिल्ला खेलकुद समितिको बैठकले सिफारिस नामावलीलाई अनुमोदन गरेको हो ।

बेलडाँडीबाट नारायण सिह ठगुन्ना, बेलौरीबाट रामेश्वर न्यौपाने, लालझाडीबाट प्रकास राना, कृष्णपुरबाट प्रकास बहादुर खडका र भीमदत्त नगरपालिकाबाट शरद चन्दको नाम सिफारिस गरिएको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खडकाले पालिकाबाट सिफारिस भई आएका नामावली प्रदेशमा पठाईने बताए ।