नरेश राना/कञ्चनपुर, ०६ माघ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं १ नौरंगाको खेलमैदानमा हिजो ०५ गते बिहिबार देखि राष्टपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । उक्त प्रतियोगिता ३ दिन सम्म हुने आयोजकले जनाएको छ । कार्यक्रम शारदा मा.वि. का व्यव्थापक समितिको अध्यक्ष राजीव रानाको अध्यक्षतामा शुरू भएको हो।
उक्त कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि सुदूपश्चिम प्रदेश सदस्य माननीय वीरबहादुर थापा (पातल)ले भने हाम्रो कञ्चनपुर जिल्लाको प्रथम राष्टपति रनिङ शिल्ड प्रतियोगितालाई लालझाडीमा यो वर्ष को उद्घाटन गर्न पाएकोमा लालझाडी गाउँपालिकालाई विशेष धन्यबाद दिनु भएका थिए र यस खेल प्रतियोगितालाई सहयोग गर्नका निम्ति मा प्रदेश बाट हुने सुम्पूर्ण सहयोग गर्ने छु र यो खेल प्रतियोगिता प्रति जुनसुकै जिम्मा लिन तयार भएको सुदूरपश्चिम प्रदेश सदस्य थापाले प्रतिबद्धता दिएका छन् ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनु भएको थियो। कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि लालझाडीका सम्पूर्ण विद्यालयका शिक्षकहरु उपस्थिति रहेको थियो। उद्दघाटन कार्यक्रममा रानाथारुको नृत्य पनि रहेको थियो ।
उक्त खेल प्रतियोगिता विभिन्न विधाका खेलकुदहरु हुने खेल संयोजक दयाराम रानाले बताउनु भएको छ ।
हिजो ५ गते भएका खेलहरुमा १०० मिटर दौड, ८०० मिटर दौड, कब्बडी र भलिबल रहेको थियो। बाँकीका खेल ६ र ७ गते हुने आयोजकले जनाउनु भएको छ । खेलकुद लालझाडी गाउँपालिकाको प्रयोजनमा रहेको छ संयोजक रानाले जनाएका छन् ।










