नरेश राना/कञ्चनपुर, २ माघ। कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ३ को सरस्वती माध्यमिक विद्यालयमा भएको माघी मिलन कार्यक्रममा माघी मिलन कार्यक्रम समिति आयोजकमा लालझाडी गाउँपालिकाको प्रायोजकमा लालझाडीका सम्पूर्ण भलमन्सा र चाकरलाई सम्मान गर्नु भएको थियो ।

साथै राना चौधरीको विभिन्न झाँकी प्रदर्शन सँगै राष्ट्रिय कलाकार प्रस्तुति रहेको थियो । कार्यक्रममा सभापति समितिको संयोजक श्री वीर बहादुर चौधरी रहनु भएको थियो भने प्रमुख अथिति वार्ड नं ३ को भल्मन्सा मोहन सिंह राना रहनु भएको थियो। कार्यक्रम मा लालझाडी गाउँपालिकाको भुतपूर्व अध्यक्ष मदन सेन बडाएक, वार्ड नं ३,४,५,६ का वार्ड अध्यक्ष सहितका वक्ताले माघीको पर्व शुभकामना दिँदै थारु समुदायका कला संस्कृति पहिचान तथा प्रबंधनमा जोड दिनु भएको छ । साथै राष्टिय कलाकार गायक दोशहरण चौधरी तथा गायिका बसन्ती चौधरीको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रम सञ्चालन राम चन्द्र चौधरी र महेश चौधरी गरेका थिए ।