नरेश राना/लालझाडी, असार २३ । कंचनपुरको लालझाडी गाऊपालिकामा वार्ड नं १, २, ३, ४ मा एक कार्यक्रम बिच लालझाडीमा कृषि यन्त्र बितरण गरेका छन। कार्येक्रममा मुख्यमंत्री नमूना कृषि गाउको श्री नरेश राना सभाध्यक्ष मा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लालझाडी गा.पा काअध्यक्ष श्री अध्यक्ष निर्मल राना रहनु भएको थियो ।अथिति वार्ड नं ३ का वार्ड अध्यक्ष टीकाराम डागौरा रहनु भएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रतिनिधि श्री आशीष पाठकले सो कार्येक्रमको सहजिकरण गरी कार्येक्रम संचालन गर्नु भएको थियो। सो कार्येक्रम कृषि ज्ञान केन्द्र महेन्दनगरको ५०% अनुदानमा लालझाडीका किसानलाई पम्पसेट २३ थान ,रोटाभेटर ४ थान, कल्टीभेटर १ थान, सिचाई मोटर ४ थान गरी जम्मा ३२ समान बितरण गरी किसानलाई अझै कृषि पेशमा आत्मा निर्भर हुना सहज भएको लालझाडी गाऊपालिकाका अध्यक्ष निर्मल रानाले सम्पूर्ण किसानलाई जानकारी गराउनु भएको थियो।











