घरबगैँचा व्यवस्थापन सम्वन्धि ३ दिने तालिम शुरु

२२ श्रावण २०७८, शुक्रबार
घरबगैँचा व्यवस्थापन सम्वन्धि ३ दिने तालिम शुरु

धनगढी,२३ सावन ।दलित महिला अधिकार मंच नेपालको आयोजनामा घरबगैँचा व्यवस्थापन सम्वन्धि ३ दिने तालिम शुक्रबार देखि धनगढीमा शुरु भएको छ । डि.सि.ए.को सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत पारिवारिक पोषण तथा स्वास्थ्यमा सुधार ल्याउनुका साथै आयआर्जनमा वृद्धि गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको हो ।

३ दिन सम्म संचालन हुने उक्त तालिममा घरबगैचाको आवश्यकता र महत्व,पारिवारिक पोषण,स्वास्थ्य,खाद्यसुरक्षा लगायतका विषयमा लिबर्डका परियोजना संयोजक ईन्द्रेश्वर मण्डलले सहजीकरण गरिरहनुभएको छ । त्यसैगरी पारिवारिक पोषण सम्वन्धि विषयवस्तुमा सुआहार परियोजनाका प्रदेश कृषि संयोजक कुल प्रसाद सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

तालिम उद्धघाटनसत्रमा डि.सि.ए.का व्यवसाय तथा बजार प्रवद्र्धन विज्ञ सुर्य रिजाल,दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरे,लिबर्डका परियोजना संयोजक ईन्द्रेश्वर मण्डलले मन्तव्य राख्नुभएको थियो । दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न उद्घाटनसत्रको संस्थाका राजेन्द्र रैकाले संचालन गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio