धनगढी, १२ माघ
धनगढी उप–महानगरपालिका १० का जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सोमबार न्यानो कपडा वितरण गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र वडा नं १० का वडा अध्यक्ष राजेन्द्र रानाले वडाका जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई जाडोमा ओढ्नका लागि कम्वल वितरण गरेका हुन । जाडोको सबैभन्दा बढी प्रभाव जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई पर्ने गर्दछ नगरप्रमुख वडले भने, त्यसैले वहाँहरुलाई राहत पुगोस भनेर कम्वल वितरण गरेका हौं ।
धनगढी उप–महानगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख वडले बताए । जेष्ठ नागरिकका लागि फुलवारीमा ठूलो भवन निर्माण गरेका छौं नगरप्रमुख वडले भने, ‘उप–महानगरपालिकाका ३ हजार ५ सय भन्दा बढीलाई आयआर्जनका लागि सिपमुलक तालिम संचालन गरिसकिएको छ ।’
जाडोमो समयमा आवश्यक काम बाहेक घरबाट बाहिर निस्कीनु भएन नगरप्रमुख वडले भने, ‘घरमा रहेका जेष्ठ नागरिक, बालबालिका, अपाङ्ग र अशक्तहरुको ख्याल गर्न सबैका अनुरोध गर्दछौं ।’ वडा अध्यक्ष राजेन्द्र रानाले जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई न्यानो लुगा वितरण गर्नका लागि वडा कार्यालयबाट बिनियोजन गरेको बताए ।

![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





