गोकिलपुर गाउँको नाम पछिको रहस्य यस्तो थियो

३१ श्रावण २०७७, शनिबार
गोकिलपुर गाउँको नाम पछिको रहस्य  यस्तो थियो

कञ्चनपुर,३१ सावन ।

बेलौरी नगर पालिका वडा नं. २ गोकिलपुर गाउको कुरा हो । गोकिलपूर गाउका पुर्व भलमन्सा नेपाली रानाले गाउँको नाम पछिको रहस्य यस्तो बताए । उनको भनाइ अनुसार धेरै पहिले गोकिपुर गाउँको इतिहास छुट्टै रहेको थियो ।

नन्दलाल राना संग भलमन्सा नेपाली राना

यो गाउको इतिहास खोतल्दै जाँदा गाउको पछाडि एउटा ठूलो गुजर को रुखबाट शूरु हून्छ । गोकिलपुरको इतिहास खोज्दा नामको शाब्दिक अर्थबाट रहेको बताए ( गो भनेको ग्वाला , किल भनेको खेरो या किल्ला , क्षेत्र ,भुगोल र पुर भनेकोे नगर, शहर , गाउँ , अटारी आदिलाई भन्नि थियो ।

यसको शाब्दिक अर्थ गौचर क्षेत्रमा ग्वालबालहरुले अटारी बनाइ गाइबस्तु चराउने भन्ने बुझिन्छ ।अर्को दृष्टिकोणबाट हेर्दा यो क्षेत्रको आसपासमा थुर्पै गाउहरु रहेका छन । गोकिलपुर गाउ ति सबैको बिचमा पर्ने भएको हुनाले यस ठाउमा अहिरा र गुजर जातको सानो नगर राज्य थियो ।

उनीहरु गाइभैसी चराउदा ठाउ ठाउमा अटरीया ( काठ काटेर बस्न अग्लो ठाउ )बनाएर बस्ने गदर्थे । पहिले गाउ ,घर भन्ने चलन थिएन त्यतिबेल गाउघर भनेकै मान्छे बसोवास भएको ठाउँलाई “पुर” भनिन थियो । गोकिलपुर भन्ने ठाउमा कुनै पनि ब्यक्तीले बस्ती बसाल्न सकेनन । यसको चारै तिर गाउहरु थिए तर जुन ठाउमा गोकिलपुर फाँटा हो त्यो ठाउमा अझ सम्म मान्छेहरुको बस्ती बस्न सकेको छैन ।

उक्त ठाउँमा बस्ती बसाल्न धेरै प्रयासहरु भए कैयौ पटक बस्ती बसल्यो तर बसन सकेनन । यहाँ सम्म कि बस्ती बस्यो कि त्यो ठाउमा हैजा जस्तो महामारी आइहाल्ने जसले गर्दा बस्ती बस्न सकिएन । त्यसको बरीपरीको ठाउमा पहिले देखि नै बस्ती बसेका थिए ।

वि.सं. १८६५ तिरको कुरा हो जति बेला यो ठाउँ पुरै खाली ठुलो जंगल थियो यसको चारैतिर गाइबस्तु चरिचरनको लागि गौडिहरु (गाेठ) मात्र थिए । त्यतिबेला यहाँ बंजरा , गुजरा र अहिरा जातका मान्छेहरुको बसोबास बढी थियो भने रानाथारुहरुको बस्ती यसको वरीपरि धेरै पत्लो थियो । ति बस्तीहरुमा एक तिर हैजा जस्तो महामारीले सताउद थियो भने अर्को तिर चोर डाँकुहरु दिनदहाडै सम्पतिहरु लुटेर लैजने गर्थे ।

धेरै समय पछि हाम्रा पुर्खा वि.स. २००७ मा हाल धनगढी उपमहाकनगर पालिका वडा नं. ११ बेला गाउ निबासी सुकैइ राना ले उक्त जबदा भन्ने ठाउँ ( जबदा भनेको गाइभैंसी चरने खाली फाँटा ) हेरेर गइसके पछि आफ्नाे गाउमा आइ सरसल्हा ग¥यो को को म संग जान्छौ भन्दा कोहि आउन मानेन्न त्यसपछि उनी आउन लागदा सोही गाउका झँकरी राना , र कारीचकनीयाँ भन्ने तिन जना आएका हुन र एक जना झाँटुफाँटाबाट रुपलाल डगौरा नाम गरेका चौधरी आएर यो रुखको पश्चिमको ठाउमा आएर बस्ना थालेछन बताए ।

र ति चारै परिवारले एक एक जिम्मेवारी बाँडफाँड गरे जस्मा सुकइ राना पधना भयो झँकारी राना भलमन्सा हुने भयो भने रुपलाल डगौरा असामी र कारीचकनीया भन्नेले चाकर (चौकीदार ) भए । केही समय पछि ठुलो महामारी फैलिनाथाले पछि वहाँहरुले आसपासका गूरुवाहरुलाई बाेलार्इ पुजापाठ गर्न लागाए ति गुरुवाहरुको सल्लहा,

अनुसार भुइयाँ माताको मन्दिर गाउको पश्चिम या दक्षिण दिशामा हुनुपर्ने तर तपाइको भुइयाँ भनेको गाउको पुर्व भएकोले यस्तो संकट आएको भने पछि अहिले जुन ठाउमा गोकिलपुर गाउ बसेको छ, सोही ठाउमा आएर बसेपछि आसपासका अन्य गाउबाट बसाइ सरी आएर ३२ परिवार बस्न थाल्यौ बताए ।

नन्दलाल रानाके संग गाैटहरा सगराम राना


सोही कुरामा थप्दै स्थानिय व्यक्ति सगराम राना – पुर्व गौटेहरा भर्रा को भनाइ अनुसार यो रुखमा धेरै सत्यता रहेको छ । मैले यो गाउको मुख्य गुरुवा हुदाका बखत मैले भोगेका र देखेको कुरा बताउछु । एक पटक चोरहरु राती आए छन उनीहरु यसमा पुजाआजा गरेर पाँच फिट चौडा र पाँचै फिट गहिरो खाल्डो बनाइ खनेछन तर खजाना लैजान सकेनन्र बताए ।

पत्रकारको जिज्ञासा म यो कुरा तपाइ कसरी थाहापाउनु भयो चोरले खजना लगे कि लगेना भनेर सोध्दा वहाँले बताए जब हामी विहान खाल्डो खनेको कुरा थाहा पयौ र म लगायत गाउका दुइचार गुरुवा मिलेर पुजाआजा ग¥यौ तव हामीलाई सप्ना भयाे । एक अर्को पश्नको जावाफ दिदै भने ति चोरहरु को हुन कहाँ बाट आएका हुन केहि पता लागेना भनेर बताए । तर यस रुखको संरचना जसले विगार छ त्यसलाई रुखको शक्तिले नराम्रो गरिदिन्छ बताए ।

नन्दलाल रानाके संग पुर्व भलमन्सा मनाेहर राना


सोहि गाउ बस्ने पुर्व भलमन्सा मनोहर रानाको भनाइ अनुसार यो रुख त्यतिबेला अहिरा र गुजर भन्ने जातका केटाकेटीहरुले लगाएको बताए । ति दुइ जना प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुले आफुलाई भेट गर्ने स्थानको रुपमा यो रुख लगाएका हुन र पछि गएर यस ठाउमा देवीको बास भयो बताए ।

यसको वरीपरी पुरै गाइबस्तु चरनको खुल्ला ठाउ रहेको र ति दुई ग्वालबालहरुको मिलन पुरा भएको हुनाले यस ठाउको नाम गोकिलपुर रहन गएको हो बताए । उनले भने म गाउको भलमन्सा हुदा लगातार तिन बर्ष यनी मिति २०७३,७४,७५ साल तिर लगातार यस ठाउमा राती राती चोरहरु आएर रुखमा पुजा गर्ने र २।३ बटा खाल्डो खनेको पाइयौ ।

। हामी गाउकाले किन कस्ले खन्यो भन्दा कसैले पत्ता लगाउन सकेनौ तव एक जना गाउलेले भन्यो भने यो ठाउमा पहिले अहिरा र गुजर जातका मान्छेहरु बस्थे कतै तिनीहरु लाई यो ठाउको बारेमा थाहा होला र तिनीहरु चोरी गर्न आउछन होला बताए ।धेरै पछि पुर्वबाट रानाहरुले बसाइसरी आउने क्रम बढन थालेपछि उनीहरुको चरीचरन मासिन थाल्यो । विस्तारै रानाथारुहरुको बस्ती बस्न थाल्यो तव उनीहरु भारत तिर लागे भनेर बताए । यसरी यो ठाउको नाम गोकिलपुर रहन गयोे भनेर बताए ।
गत बर्ष २०७५ साल तिर यस रुखबाट एक सर्प निस्केर रुख मुनि आएर बस्यो । गाउका मान्छेले थाहा पाए पछि यसको रेखदेखको लागि पालो लगाएर बस्न थाले । उक्त सर्प एक महिना सम्मा रुख मुनि रह्रायो र पुर्णिमामा ग्रहण लाग्ने अघिल्लो रातिबाट त्यो सर्प सोही रुखको प्वाल भित्र पस्यो भन्छन ।

त्यो सर्प नागका राजा हो भनेर गाउलेको जनविश्वास रहेकाे छ । त्याे सर्प अरू भन्दा फरक थियो ऊ पत्ताल लोकबाट आएको हो भन्छन राती सर्पको लागि कचौरामा दुध राखेपछि विहान हेर्दा सबै सकिएको हुन् थियाे। यो रुख माथि मौसम अनुसार च्याउ निस्किने गरछन बताए ।

एक पटक यो रुखमा सानो महुरी निकालनका लागि नजिका पहडियाहरुले जबरजस्ती गरी निकाल्न प्रयास के गरे उनीहरुलाई खै कता बाट धेरै महुरीहरु आएर टोके छन । पछि उनीहरु यो रुखको सत्यताले गर्दा हामीलाई महुरीले टोकेका हुन उनीहरु पछि सोहि रुख संग माफि मागेपछि महुरीहरु सबै हराए गए । यो रुख पतझार लिन्छ तर रुखको तल पताहरु हुदैनन बताए ।

सोधखोज बाट लिएको हो यसको बारेमा कसैलाई केहि कुरा थाहा छ भने कृपाय शेयर गरिदिनु होला । समाप्त

क्रमशः

Wedding Story advertisement Of Jems Movies & Photo Studio