कञ्चनपुर, साउन २७ नेपाल विद्युत प्राधिकरणको लार्पबाहीले कञ्चनपुरको बेलौरीकी एक महिलाको मृत्यु भएको छ । विद्युतको लार्पबाहीले बेलौरी नगरपालिका ६ भुराकोटकी ५३ बर्षिया अनिता पन्तको मृत्यु भएको हो ।

खेतमा घाँस काटिरहेका पन्तलाई भुईमा लत्रिएको विद्युत तारबाट करेन्ट लागेको मृत्यु भएको छ । मृतका आफन्तदेखि स्थानीयले विद्युत पोलबाट लत्रिएको तार भुईसम्मै परेका करेन्ट लागेर लागेर पन्तको मृत्यु भएको भन्दै छानबिनको माग अघि सारेका छन ।

विद्युतले आफ्नै ग्राहकमाथि यस्तो अन्याय गरेको भन्दै आफन्तले छानबिनको माग अघि सारेका छन । विद्युतले घरसायी प्रयोजनका लागि जडान गरेका विद्युतमा समस्या देखिएन सुधार नगर्ने वेवास्ता गर्दै आएको गुनासो छ ।

मृतका आफन्तले विद्युतको लार्पबाहीले मानिसको अकालमै ज्यान गएको भन्दै छानबिनको माग अघि सारेका छन । नेपाल विद्युत प्राधिकरण बेलौरीका प्रमुख हिक्मत बिसीले विद्युतको लार्पबाहीका कारण पन्तको ज्यान नगएको दावि गरेका छन । उनले एक्लो घर भएका पन्तले विद्युत तारमा छुन जाँदा दुर्घटना भएको बताए ।

‘पन्तको घरसम्म थप विद्युत पोल दिन सकिएको छैन, उनले भने, ‘साविक पोलबाट भन्दा झण्डै ६÷७सय मिटर ढाटा मृतकको घर छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावलले घटनाको अनुसन्धान भईरहेको बताए ।

स्थानीयले भने, विद्युतकै लार्पबाहीले मानिसले अकालमै ज्यान गुमाउन लागेपनि विद्युतले समस्याग्रस्त क्षेत्रमा चासो नदिएको दुखेसो पोखिरहेका छन ।

सेयर कर दियो ।