पूजा डगौरा  :- कञ्चनपुर 

कञ्चनपुरको भीमदत्त नगर बरघर–भलमन्सा समितिको अध्यक्षमा रामबहादुर चौधरी चयन भएका छन्।

समितिको हालै सम्पन्न भेलाले सर्वसम्मत रूपमा चौधरीलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

नगर बरघर/ भलमन्सा समितिकाे उपाध्यक्ष स्याम सिह राना, राजु चौधरी, सचिव बलराम राना, कोषाध्यक्ष हेमन्त चौधरी निर्वाचित भएका हुन् ।

सदस्य धनस्यम सुनहा बिक्रम चौधरी, प्रमुख सल्लाहकार जग बहादुर चौधरी, उदय चौधरी, वेद प्रसाद चौधरी, जंजालि चौधरी, चेतराम राना सर्वसम्मत चयन भएका छन।

नवनिर्वाचित अध्यक्ष चौधरीले थारु समुदायको परम्परागत बरघर–भलमन्सा प्रणालीको संरक्षण, प्रवर्द्धन र प्रभावकारी कार्यान्वयनका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले समुदायको एकता, सामाजिक सद्भाव तथा परम्परागत न्याय प्रणालीलाई अझ व्यवस्थित र सशक्त बनाउने आफ्नो प्राथमिकता रहने बताए।

भेलामा सहभागी बरघर तथा भलमन्साहरूले नयाँ नेतृत्वबाट समुदायका साझा मुद्दा समाधान, सांस्कृतिक पहिचानको संरक्षण तथा स्थानीय तहसँग समन्वय गर्दै समुदायको हितमा काम हुने अपेक्षा व्यक्त गरेका थिए।

उल्लेखनीय रूपमा, भीमदत्त नगरपालिकाले हालै बरघर–भलमन्सा प्रणालीलाई कानुनी आधार दिने कार्यविधि पारित गरेपछि यस परम्परागत संस्थागत संरचनाको भूमिका अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

नवनिर्वाचित समितिलाई स्थानीय समुदाय तथा विभिन्न सामाजिक संघ–संस्थाले सफल कार्यकालको शुभकामना दिएका छन्।

सेयर कर दियो ।