भानु पालिकामै प्रथम निरन्तरता, पछ्याउँदै त्रिनेत्र

नरेश रानाकञ्चनपुर २८ जेष्ठ।
कञ्चनपुरको लालझाडी गाँउपालिका माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा अत्यन्तै दयनिय आएको छ । लालझाडीमा सरकारी लगानीमा संचालनमा रहेका विद्यालयको नतिजा अत्यन्तै दयनिय आएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको लालझाडी गाँउपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार सरकारी विद्यालयको नतिजा अन्यन्तै कमजोर आएको छ । लालझाडीका एक निजी सहितका ७ विद्यालयका दुईसय ९४ मध्ये ६० जना विद्यार्थी मात्रै उर्तीण भएका छन । पालिभरी २० प्रतिशत मात्रै विद्यार्थी उर्तीण भएपछि चौतर्फि रुपमा आलोचना भईरहेको छ ।
लालझाडीको एक मात्रै निजी विद्यालय त्रिनेत्र शिक्षा एकेडेमीका १६ मध्ये १५ विद्यार्थी उतिर्ण भएका छन । ०८१ मा पनि त्रिनेत्र एकुगेशन एकेडेमीका २८ मध्ये २१ उर्तीण भएका थिए । गाँउपालिकाभर एक मात्रै मावि स्तरको निजी विद्यालयले सरकारी विद्यार्थीलाई चुनौती दिदै निरन्तर एसईईमा उत्कृष्ट नतिजा ल्याईरहेको छ । त्रिनेत्रकै छेउमा रहेका सरकारी विद्यालयको अवस्था भने दयालाग्दो छ । उर्तीण गराउने संख्यात्मक हिसाबले त्रिनेत्रले पनि भानु माविलाई पछ्याईरहेको छ ।
सरकारी लगानीमै संचालनमा रहेको सरस्वती मावि छोटी पर्सिया र स्वतन्त्र मावि पर्सियाको सुन्य नतिजा आएको छ । छोटी पर्सियाको सरस्वती माविका ४३ र पर्सियाको स्वतन्त्र माविका २८ पुरै विद्यार्थी अनुर्तिण फेल भएका छन । शारदा राष्ट्रिय मावि ५७ मध्ये २, रामेश्वर मावि चाँन्देवका ३२मध्ये २, बैजनाथ मावि सिकलपट्टीका ६६मध्ये ३ मात्रै विद्यार्थी उर्तीण भएका हुन ।
लालझाडीमा विगत तीन बर्षदेखि सरकारी विद्यालय निल हुने क्रम निरन्तर जारी रहेको छ । ०८० मा लालझाडी ३ छोटी पर्सियाको सरस्वती मावि, ४ बैजनाथ मावि जाई, ०८१ मा नौरङगाको शारदा राष्ट्रिय मावि, अहिले ०८२ मा फेरी छोटी पर्सियाको सरस्वती मावि र पर्सियाको सरस्वती मावि निल भएको हो । दुई बर्ष अघि छोटी फर्सियाकै सरस्वती माविका २०, लालझाडीकै जाई बैजनाथ माविका र ०८१मा नौरङगाको शारदा राष्ट्रिय माविका ३६ पुरै विद्यार्थी फेल भएका थिए ।
लालझाडी गाँउपालिकामा सरकारी लगानीमा संचालनमा रहेका विद्यालय रहेक बर्ष एसईईमा निल हुनेक्रम अझै नरोकिएपछि अभिभावक हैरान भएका छन ।
०८० र ०८२को एसईई परीक्षामा विद्यालय निल भएका लालझाडी छोटी फर्सिया सरस्वती माविमा प्रद्यानाध्यापक तारामणी न्यौपानेले दुई बर्ष अनपेक्षित परिमाण आएको बताएका छन । ‘०८०मा अनपेक्षित परिमाण आएपछि हामीले मेहनत गरेर ०८१मा राम्रो नतिजा ल्याऔँ, ‘उनले भने, ‘हामीले शैक्षिक कामकाज गर्नका लागि अतिरिक्त कक्षा संचालन पनि संचालन ग¥यौैँ, तर पनि अनपेक्षित परिमाण आयो, यसबारे समिक्ष गर्छु, मैले नैतिकताका आधारमा राजिनामा पनि दिन्छु ।’ शिक्षकहरुकै कमिकमजोरीका कारण यस्तो नतिजा आउन लागेको उनले दुखेसो पोखेका छन । ‘विद्यार्थी अभिभावक, समुदाय सरकारलाई दोषि दिएर काम छैन, ‘उनले भने, ‘हामीहरुकै कमजोरीले यस्तो नतिजा आयो, सुुधार गछौैँ, स्वीकार गछौँ ।’
गत विगका बर्षझै ०८२को एसईईमा भानु मावि कञ्जले प्रथम स्थान हासिल निरन्तर जारी राखेको छ । भानु माविका ५२मध्ये ३८ विद्यार्थी उर्तीण भएका छन । पछिल्ला तीन बर्ष यता भानु माविले निरन्तर प्रथम स्थान हासिल गर्दै आएको छ । ०८०मा २२ मध्ये १६, ०८१मा ७०मध्ये ३९ विद्यार्थी र ०८१मा ५२मध्ये ३८ विद्यार्थी उर्तीण भएका हुन । भानु माविका प्रद्यानाध्यापक बेद प्रशाद उपाध्यायले शिक्षक, विद्यार्थीको मेहनतले यतीसम्मको विद्यालयलाई सफलता मिलेको बताए । प्रअ उपाध्यायले आगामी दिनमा थप मेहनत गरेर शैक्षिक गुणस्तर बृद्धि गर्दै उर्तिण दर बढाउने प्रतिबद्धता जाहेर गरेका छन । प्रअ उपाध्यायले शिक्षक विद्यार्थी प्रर्बद्धनका कार्यक्रम ल्याएरै भएपनि शैक्षिक गुणस्तर बृद्धि गर्ने बताउँदै नतिजा सत प्रतिशत बनाउने लक्ष्य अघि सारेका छन । भानु माविका अध्यक्ष नरेश रानाले अझै विद्यालय सुधारका लागि पहल गरिने बताए ।
त्रिनेत्र एजुकेशन एकेडेमीका संचालक एव प्रिन्सिपल धनीराज चौधरीले विद्यालयको टिमको समुहिक कृयाकलापको प्रतिफल भएको बताए । प्रिन्सिपल चौधरीले शिक्षक, विद्यार्थीले निरन्तर खटिएर गरेको मेहनतको प्रतिफल भएको र आगामी दिनमा समेत उत्कृष्ठ नतिजा ल्याउने सकल्प गरेका छन । भानु बाहेक अन्य सरकारी लगानीमा संचालनमा रहेका विद्यालयको पछिल्ला बर्षहरुमा लगातार सुन्यदेखि दयनिय नतिजा आएपछी अभिभावक चिन्तित भएका छन । अभिभावकहरुले सरकारी विद्यालयका शिक्षकदेखि पालिकासम्मकै सरोकारवाला विद्यालय सुधारमा चासो समेत नदिएको गुनासो पोखिरहेका छन ।
अभिभावक गणेश रानाले लालझाडीमा रहेका सरकारी विद्यालयका शिक्षक राजनीति र अन्य काममा बढी बिजी भएकाले यस्तो नतिजा आएको बताउँदै सरकारको लगानी बिनै संचालनमा रहेका विद्यालयले राम्रो नतिजा ल्याउने अनि सरकारले नै सबैविषयको पूर्ति गरेकाले उनीहरुको नतिजा कमजोर आउनु दुखत विषय भएको बताए । उनले सरकारी शिक्षककै दलका नेता बनेर पढाउनुको साटो रातदिन पाटीकै काममा बिजी हुने प्रवृतिले समेत सरकारी विद्यालयको सुधार नआएको दावि गरेका छन । स्थानीय सरकारले समेत चासो नदिएको उनको दुखेसो छ ।
अभिभावक अमर बडायकले सरकारी लगानीमा संचालनमा रहेका विद्यालयमा नतिजा नआउनुमा मुख्य दोषि सरकार, शिक्षकदेखि समुदाय दुवै भएको बताए । ‘सरकारले विद्यालयमा लगानी गर्छ, तर के कस्तो भईरहेको छ, हेदैन, ‘उनले भने, ‘शिक्षकले नियमित कर्तव्यनिष्ट भएर पढाउनुको साटो अन्य बेफाल्तु राजनीतिदेखि, स्वयय निजी विद्यालय सहितका अन्य व्यवसायमा बिजी हुन्छन ।’उनले पालिकादेखिका सरकारी निकायले सामुदायिक विद्यालय सुधारमा ध्यान नदिएको दुखेसो पोखेका छन । नतिजा सुधारका लागि सरकार मात्रै होईन अभिभावक समेत जिम्मेबार बन्नुपर्नेमा जोडदिए ।
लालझाडीका युवा समाजसेवी प्रकास रानाले शिक्षकको अति मेहनत र विद्यार्थीका लगावका कारण पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।