धनगढी । कैलालीको धनगढीमा मृत अवस्थामा फेला परेका एक युवकको प्रारम्भिक अनुसन्धानबाट हत्या भएको खुलेको छ । धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका कैलारी गाउँपालिका–९ गदरियाका २० वर्षीय राजकुमार रानाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार हत्यामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका–८ का बम्मन राना र भँगु रानालाई पक्राउ गरिएको छ ।घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।