।
कञ्चनपुरको लालगाडीमा ब्राउन सुगरसहित पुनर्वासका एक र बैतडीका एकगरी दुईजना पक्राउ परेका छन् । शनिबार दिउँसो लालझाडी ६ स्थित चान्देव बजारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुरको पुनर्वास-२ मोतीवस्ती बस्ने २२ वर्षे आशिष साउद रहेका छन् भने अर्का बैतडीको पुर्चौडी-८ मल्लादेही बस्ने ३२ वर्षीय अर्जुन धानुक रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक केशवचन्द्रको कमाण्डमा ५ जना र इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक वीरसिंह धामीको कमाण्डमा ५ जनाको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
संयुक्त टोलीले शंका लागि चेकजाच गर्दा से ६ प ७५९ नम्बरको १५० सि.सि.को बजाज कम्पनीको मोटरसाइकलमा सवार उनीहरुबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ (शुद्ध तौल ०.२३ मिलि ग्राम) बरामद गरेको छ ।







