धनगढी

रिङ्कु राना को भारतको उधमसिंग नगर जिल्लामा भएको दर्दनाक सडक दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा उनकी भतिजी भने घाइते भएकी छन्।

प्राप्त जानकारी अनुसार रिंकू राणा कोतवाली क्षेत्रअन्तर्गत पर्ने नाैगजा गाउँकी बासिन्दा थिइन्। हाेली पर्वको अवसरमा उनी आफ्नो माइतीघर गएकी थिइन्।

यसै क्रममा बिचपुरी क्षेत्रमा उनको स्कुटीलाई इँटाले भरिएको तीव्र गतिमा रहेको ट्र्याक्टर–ट्रलीले ठक्कर दिएको बताइएको छ। दुर्घटनामा रिंकू राणाको घटनास्थलमै मृत्यु भएको हो भने उनकी भतिजी घाइते भएकी छन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

थारू समुदायकी चर्चित लोक गायिका रिंकू राणाको निधनले स्थानीय सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा शोकको वातावरण छाएको छ।