नरेश राना / कञ्चनपुर  :-    कन्चनपुरको लालझाडी गाउँ पालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा १सय ३० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविर श्री स्वतन्त्र माध्यमिक विद्यालयमा  प्राङ्गण मा भएको थियो। दिलकी आवाज को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो।

शिविरमा हाडजोर्नी, रक्तचाप चेकजाँच , मधुमेह रोग सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको छ। विशाल एन्ड सुरेश टेड्रर्सको सहयोगमा भएको शिविर कार्यक्रम संयोजक भोजराज रानाले सहजीकरण गरेका थिए ।उक्त शिविरमा डाक्टर सुरज प्रकाश राना, पुनर्वास पोलि क्लिनिकका स्वास्थ्यकर्मी र ल्याब टेक्निसिन नवराज राना,स्वस्थ कर्मी सुनिता राना, कोपिला राना लगायतको टिमको सहभागिता रहेको थियो । कार्यक्रम मा स्थानीय श्री नारायण राना ले ब्याबस्थापन मा सहयोग गरेका थिए।