नरेश राना, कञ्चनपुर असोज २३
कञ्चनपुरमा हात्तीको आक्र्रमण बढिरहेका बेला लालझाडी गाँउपालिकामा संघर्ष समिति गठन गरिएको छ । बुधबार स्थानीयहरुको भेलाले हात्ती नियन्त्रणका लागि संघर्ष समिति नै बनाएको छ ।


स्थानीय युवा दर्शन रानाको अध्यक्षतामा हात्ती नियन्त्रणका लागि संघर्ष समिति गठन गरिएको हो । उपाध्यक्ष भीम बहादुर राना, कोषाध्यक्ष गोदाबरी राना,सचिव राम अवतार राना, सदस्यहरु मनिराम चौधरी, राम कुमार राना,रामकृष्ण राना,नागनमती राना,महावती राना,रामदुलारी राना, लक्ष्मण राना रहेका छन । उनीहरुले हात्ती नियन्त्रणका लागि निरन्तर संघर्ष गर्ने जनाएको छ ।