धनगढी: कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित जखौर बाबा युवा क्लबको आयोजनामा असोज १४ देखि २२ गतेसम्म खुल्ला फुटबल प्रतियोगिता-२०८१ जखौर बाबा युवा क्लबका अध्यक्ष देव बहादुर सेठीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी सरस्वती मा.बि. का प्र.अ. ज्ञानेन्द्र ब. शाह, विशिष्ट अतिथी धनगढी-७ का वडा सदस्य बासु राना, सरस्वती चन्द, पुर्व वडा सदस्य यमुना जोशी, माछा घरका प्रो. वीर बहादुर चौधरी, शिवनगर खानेपानीका उपाध्यक्ष दामोदर शाहु, समाजसेवी, बुद्धिजीवी र खेलाडीहरुको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा २१ वटा टिम दर्ता छन । बिजेता कालिका स्पोर्ट्स क्लबले ३० केजि बोका पुरस्कार , उप-बिजेता जखौर बाबा युवा क्लबले २० केजि बोका पुरस्कार पाएका छन ।

भौतिक पुर्वाधार मात्र बिकास छैन , खेलकुद , शिक्षामा पनि प्रगति गर्नु बिकास हो । यस्तो प्रतियोगिताबाट स्थानीय स्तरका खेलाडीहरुको उत्पादन हुन्छ भनेर प्रमुख अतिथी शाहले मन्तव्य व्यक्त गरेका हुन ।
कार्यक्रम संचालन क्लबका सचिव पृथ्वी रानाले गरेका हुन ।