नरेश राना / कञ्चनपुर 

कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ४ र शुक्लाफाँटा नगरपालिका १२ मा रहेको सिद्धनाथ ग्रामीण विद्युत सहकारी संस्था लि को  १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभामा सिद्धनाथ ग्रामीण विद्युत सहकारी संस्था का अध्यक्ष विष्णु बहादुर कार्की सभाअध्यक्ष रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना रहनु भएको थियो। विशिष्ट अतिथि सहकारी शाखा का प्रमुख प्रभु राज जोशी ,वडा अध्यक्ष बहादुर राना रहनु भएको थियो।

कार्यक्रम मा स्वागत मन्तव्य संस्था का कार्य समिति सचिव शंकर राना ले प्रस्तुत गर्नु भएको थियो। आय व्याय प्रतिबेदन संस्था का कार्यलय सचिव सोमबिर चौधरी ले प्रस्तुत गर्नु भएको थियो ।जसमा जम्मा कारोबार २५ लाख १८ हजार २४९ रुपैयाँ बराबर को कारोबार को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रम मा विभिन्न स्थानिय संस्कृति झल्कने खालका नाच प्रस्तुत गरिएको थियो। प्रमुख अतिथि ले यो संस्था लाई पालिका बाट हुने सहयोग पुर्ण रुपले  सहयोग गर्ने भनेर प्रतिबद्धता गर्नु भएको थियो र दशैं तिहार को शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम मा गाउँका भलमन्सा, पधना,समाजसेवी शेयर सदस्य हरुको उपस्थिति रहेको थियो। कार्यक्रम लाई कार्यलय सचिव सोम विर चौधरी ले सञ्चल गर्नु भएको थियो।

सेयर कर दियो ।