अत्तरिया । जिल्ला कैलाली, गोदावरी नगरपालिका वडा नं १ अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको वार्षिक एवम् नियमित १५ औं साधारण सभा मंगलबार सु–सम्पन्न भएको छ ।
मंगलबार भएको उक्त कार्यक्रमको सभापतित्व प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष श्री पुष्पराज जोशी ज्यूले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिमा नेपाल सरकारका पूर्व मन्त्री श्री लेखराज भट्ट रहनुभएको थियो । विशिष्ट अतिथिमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य श्री विजय कुँवर, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उप-कुलपति डा. टी.एन. जोशी, शिखर नगरपालिका–डोटीका पूर्व नगरप्रमुख श्री सिताराम जोशी, गोदावरी नगरपालिका कैलालीका पूर्व नगर उप–प्रमुख श्री रत्ना कडायत, अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर, गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष एवम् गोदावरी नगरपालिकाका प्रवक्ता श्री गोपालदत्त भट्ट, सुदूरपश्चिमाञ्चल साहित्य समाज–धनगढीका अध्यक्ष श्री तीर्थराज पाण्डेय रहनुभएको थियो ।

मंगरबार भएको संस्थाको १५ औं साधारण सभामा प्रतिभा सामुदायिक पुस्तकालयका १२० जना आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो । पुस्तकालयका वर्तमान कार्य समिति सदस्य तथा संस्थाको वार्षिक मुखपत्र ‘प्रतिभा’ अङ्क–५ का प्रधान सम्पादक श्री नरेन्द्रराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री राजबहादुर कडायतले गर्नुभएको थियो । साधारण सभाको पहिलो चरणमा यस संस्थाको वार्षिक मुखपत्र ‘प्रतिभा’ अंङ्क–५ विमोचन गरिएको थियो । त्यसपछि यस पुस्तकालयलाई विभिन्न किसिमले सहयोग पुर्याउने महानुभावहरु, यस क्षेत्रका साहित्यकार–स्रष्टा–सर्जकहरु तथा यस पुस्तकालयमा नियमित आई अध्ययन गर्ने पाठकहरुलाई सम्मानित गरिएको थियो । जसको विवरण यसप्रकार रहेको छः–
(क) पुस्तक दानदाता सम्मानः–
१.डा.यज्ञराज पाठक, गो.न.पा.६, बडेहाँ–कैलाली
२.श्री टेकराज भण्डारी, गो.न.पा.४, बास्कोटा,कैलाली

(ख) संस्थागत सम्मानः–
१.श्री अनिल पन्त (सुदूरपश्चिम प्रदेश निर्देशक) टी.भी. टुडे, नेटवर्क प्रा.लि.
२.श्री पृथ्वीनगर आमा समुह, गो.न.पा.१, पृथ्वीनगर, अत्तरिया–कैलाली
३.श्री एभरेष्ट ऐकेडेमी,गो.न.पा.१,अत्तरिया–कैलाली

(ग) स्रष्टा–सर्जक सम्मानः–
१.श्री गणेश नेपाली, (महासचिव) सुदूरपश्चिम साहित्य समाज, धनगढी–कैलाली
२.श्री टी.आर. पाठक, धनगढी–५ तारानगर, कैलाली
३.श्री पदमराज जोशी, ‘भारद्वाज’ धनगढी–५,जाइँ, कैलाली
४.श्री खेम बतास, गो.न.पा.-७ लालपुर,कैलाली
५. श्री पदम राना, कृष्णपुर न.पा.-९ पचढकी, कञ्चनपुर
६. श्री उन्नती चौधरी, धनगढी–७ मनेहरा,कैलाली
७. श्री तोयनाथ भट्ट, शिखर न.पा.–७ गिल्ला, डोटी

(घ) नियमित पाठक सम्मानः–
१.श्री खडकराज, जोशी गो.न.पा.-२, तेघरी,कैलाली
२.श्री किशोर भट्ट, गो.न.पा.-४, बास्कोटा,कैलाली
साधारण सभाको दोस्रो चरण (बन्दसत्र)मा पुस्तकालयका अध्यक्ष श्री पुष्पराज जोशीले गत आ.व.को प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष श्री धर्मसिंह कुँवरले गत आ.व.को आय–व्यय विवरण तथा आगामी आ.व.को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । उपस्थित सम्पूर्ण आजीवन सदस्यहरुले उक्त लेखा प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्व सम्मतिले अनुमोदन गरेका थिए ।







