नरेश  /कञ्चनपुर २२

एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । 

मंगलबार महेन्द्रनगरमा वडादशैँ, शुभदिपावली एव छठ पर्वको अवसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको शुभकामना आदान प्रदान कार्यक्रम गरेको जनाएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोबिन्द बहादुर ढाँटले वडादशैँ, शुभदिपावली एव छठ पर्वको शुभकामना आदान प्रदान गरिएको बताए । अध्यक्ष ढाँटले कार्यक्रममा नेपाल शिक्षक महासंघ कञ्चनपुरका अध्यक्ष निर्मला जोशी, सचिव जगदिश प्रशाद जोशी, सहसचिव अर्थ ओम प्रकास जोशी र संगठनका तर्फबाट जिल्ला सह अध्यक्ष बिक्रम चौधरी सहित ४६ जना संगठनका तर्फबाट जिल्ला, पालिका पदाधिकारी एव सदस्यहरुलाई सम्मान गरिएको बताए ।सामुदायिक विद्यालय महासंघ केन्द्रीय सचिव तथा महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)का अध्यक्ष बिरेन्द्र राज विष्टलाई समेत सामुदायिक विद्यालय सुधारको भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको छ । साथै  संगठनका अग्रज ७४शिक्षकहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा सामुदायिक विद्यालय शिक्षा सुधारका लागि एकीकृत अखिल नेपाल शिक्षक संगठनले महत्वपूर्ण भूमिका निर्वाहमा जोडदिएका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोबिन्द बहादुर ढाँटको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एव प्रदेश सभा सदस्य खगराज भट्ट प्रमुख अतिथि रहेका थिए, भने नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला इन्चार्ज एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, जिल्ला संयोजक खेम पाण्डेय, सहितका माओवादी नेता कार्यकर्ताहरु एव एकीकृत अखिल नेपाल शिक्षक संगठनका पदाधिकारी सदस्यको सहभागिता रहेको थियो ।