नरेश राना  /   लालझाडी :  कञ्चनपुर को लालझाडी गाउँपालिका मा धान खेतीमा हाँस पालन कम लागत मा बढी उब्जनी हुने धान,नदी कटानी को रोकथाम कार्यक्रमको अनुगमन गरिएको छ। लालझाडी गाउँपालिका वडा नं २,४ र ६ मा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानिय पहल (ली–बर्ड) द्वारा  आर्थिक सहयोगमा लालझाडी  गाउँपालिका “समानुकुलित जीविकोपार्जनका लागि साना किसानहरुको क्षमता अभिवृद्धि कार्यक्रम  सञ्चालन गरिरहेको हो। लालझाडी गाउँपालिका साना किसान,अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय र पिछडिएका बर्गहरुको जीविकोपार्जनमा सुधार गर्ने परियोजनाको लक्ष्य ली – वार्ड  परियोजना का कृषि प्राबिधिक धर्म सिंह राना ले बताएका छन्। 

 कृषि शाखा लालझाडी को ५० % अनुदानमा बहुउद्देश्यीय नर्सरी स्थापनाको लागि सहयोग, भुमिहिन घरधुरीहरुको लागि कृषि उत्पादन तथा आयआर्जन व्यावसाय सुरु गर्न आर्थिक सहयोग, गोठ सुधार सहयोग, बीउ तथा सामाग्री सहयोग,

भुमिहिन घरधुरीहरुको कृषि उत्पादन तथा आयआर्जनका लागि बिउबिजन तथा कृषि सामाग्री किसाहरुलाई लि-वर्डको सक्षम परियोजनाद्वारा सहयोग भईरहेको लि-वर्ड संस्थाका प्रतिनिधि राना ले  बताएका छन्।

धान बालीमा हाँस पालन कार्यक्रम अनुगमन पश्चात् लालझाडी गाउँपालिका का  कृषि शाखा प्रमुख दशरथ साउद लालझाडीमा ली-बर्डद्वारा संचालित सक्षम परियोजना एकदमै राम्रो देखिएको र किसानहरुको जिविकोपार्जनमा अति सहयोग पुगेको बताएका छन्। 

धान बालीमा हाँस पालन कार्यक्रम अनुगमन मा लालझाडी गाउँपालिका का  अध्यक्ष निर्मल राना ,उपाध्यक्ष सपना चौधरी राना,प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की कृषी शाखा प्रमुख दशरथ साउद , पशु शाखा प्रमुख विशन सिंह विष्ट ,लि-वर्ड  सक्षम परियोजना का कृषि प्राविधिक  धर्म सिंह राना ,  लि – वार्ड परियोजना का सामाजिक परिचालन  लक्ष्मी चन्द उपस्थिति रहेको थियो। 

ली-बर्डको सक्षम परियोजनाले आफू र आफ्नो परिवारलाई निकै राहत पुगेको, धानबालीमा हास पालन कार्यक्रमले गर्दा  हास बाट आफू र आफ्नो परिवारको सामान्य खर्च चलेको, धानबाली हास पालनमा धान उत्पादन पनि धेरै भएको तर छुट्टै लगाएको धानबालीमा धान उत्पादन बढी  भएको लालझाडी २  का दिनेश राना ले बताएका छन्।  ली-बर्डको सानो सहयोगले लालझाडी का किसानको अनुहारमा  खुशी देखिएको छ।