नरेश राना / लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं १ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूह को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम मा सभापति हरियाली सामुदायीक वन उपभोक्ता समूह का अध्यक्ष रामनाथ राना रहनु भएको थियो । कार्यक्रम मा प्रमुख अतिथि लालझाडी गाउँपालिका का वडा अध्यक्ष प्यारे लाल राना ,विशिष्ठ अतिथि cfcc मोहना कैलाली उपा अध्यक्ष पुना राम चौधरी रहनु भएको थियो भने अतिथि लालझाडी गाउँपालिका का नीवर्तमान अध्यक्ष मदन सेन बडायक,बन् रक्षक लक्ष्मण चौधरी,मिन बहादुर जोगी ,सहुकार राना शिक्षक ,गाउँका भलमन्सा , पाधना ,बुद्धिजीवी समाजसेवी उपभोक्ता हरुको उपस्थिति रहेको थियो। कार्यक्रम मा स्वागत मन्तब्य कार्य समिति की सचिव शान्ति राना गर्नु भएको थियो भने कार्यक्रम मा आय ब्यय प्रस्तुत समुदाय बन् का कार्यलय
सचिव महेश राना ले गर्नु भएको थियो




जसमा आ.बा.२०८०/८१को २९ लाख ५३ हजार ९६५ रुपैयाँ ९९ पैसा बराबर कारोबार भएको थियो । कार्यक्रम मा यस समुदाय का वृद्ध – वृद्ध ,स्वयमसेविका लाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । त्यसै गरी यो वर्ष को see को रिजल्टमा र १२ को रिजल्ट मा सबभन्दा बढी अंक ल्याएर पास हुने लाई दोसल्ला र नगद सहित प्रोत्साहन सहित सम्मान गरिएको थियो।त्यसै गरी खेलकुद मा भलिबलमा क्षेत्रिय टीम मा नाम निकाल्न सफल अमृता राना लाई दोसल्ला ओडाएर नगद सहित सम्मान गरिएको थियो।




प्रमुख अतिथि वडा अध्यक्ष राना ले हामी आप्नो वडा मा गरी जम्मा ७ किलोमिटर मेस्वार जाली लगाएर सम्पन्न गरिसकेका छौ बाँकी हामी निरन्तर समुदाय क लाई सहयोग गर्ने र अहिले तत्काल लागु औषध मा विशेष बालबालिका बिग्रँदै गइरहेका ले आफ्ना बालबालिका लाई सचेत रहन सम्पूर्ण अभिभावक तथा उपभोक्ता लाई जानकारी गराउनु भएको थियो।साथै आउँदै गरेको दशैं दीपावली छट पर्व शुभकामना दिनु भएको थियो।

















