दिनेश राना/कैलाली: लालझाडी गाउँपालिका वार्ड नं ४ मा रहेको श्री जाई ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा सहकारी संस्था लिमिटेडको अध्यक्ष श्री देवलाल रानाको सभाध्यक्ष मा सो सभा सम्पन्न भएको थियो।साधारण सभामा प्रमुख अतिथि नेपाल केन्द्रिय सहकारी संघ का अध्यक्ष गोविन्द भट्ट रहनु भएको थियो भने ,विशिष्ठ अतिथि लालझाडी गाउँपालिका वार्ड नं ४ का वार्ड सदस्य गर्भु राना रहनु भएको थियो।
साधारण सभामा स्वागत मन्तव्य संस्थाका उपाअध्यक्ष पास्टर चेतराम रानाले स्वागत गर्नु भएको थियो। साधारण सभामा आय व्यय प्रस्तुत संस्था का व्यवस्थापक नरेश राना ले गर्नु भएको थियो।
संस्था मा आ. ब.२०७९/८० को जम्मा १४ लाख ३१ हजार ७ सय ९८ को कारोबार भएको थियो। साधारण सभामा प्रमुख अतिथि ले विद्युत सहकारी संस्था मा हुने गरेको चुहावट अनि विद्युत सहकारी संस्थामा हुने घाटा, फाइदा साधारण सभाको शुभकामना तथा आउँदै गरेको माघीको अग्रिम शुभकामना दिनु भएको थियो।
कार्यक्रम व्यवस्थापक नरेश रानाले सञ्चालन गर्नु भएको थियो।







