नरेश राना /बेलडाँडी, १६ कार्तिक । बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको न्यू आराधना कला मन्दिरको आयोजनामा बिजया दशमी तथा शुभ दिपावली विशेष बृहत साँस्कृतिक कार्यक्रम २०८० आयोजना हुने तयारी पुरा भएको छ ।
न्यू आराधना कला मन्दिरको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम २०८० भोलि कार्तिक १७ देखि १९ गतेसम्म हुने न्यू आराधना कला मन्दिरका प्रमुख भुपेन्द्र रानाले जानकारी गराउनु भयो । प्रमुख रानाका अनुसार गाउँका कुनाकान्द्रामा आफूभित्र लुकेका प्रतिभालाई उजागर गर्न र हौसला प्रदान गर्न बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन गरिन लागेको बताए ।

साँस्कृतिक कार्यक्रम ३ दिन चवन्नी बजारको पछाडि खुलामञ्चमा आयोजना हुने जनाइएको छ । कार्यक्रममा नयाँ प्रतिभा देखाउन चाहनेहरुका लागि समेत यो अवसर भएको आयोजकले जनाएको छ ।